काठमाण्डौ — निर्वाचन आयोगले मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो ।
विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रुपमा सम्बन्धित विषय भएकाले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको आयोगले जनाएको छ ।







