गृहपृष्ठ Featured नेपाल पत्रकार महासंघ कपिलवस्तुको १२औँ साधारणसभा समपन्न प्रविधिमैत्री र जिम्मेवार पत्रकारितामा जोड

नेपाल पत्रकार महासंघ कपिलवस्तुको १२औँ साधारणसभा समपन्न प्रविधिमैत्री र जिम्मेवार पत्रकारितामा जोड

डिलाराम भुसाल- कपिलबस्तु १- भदौ- नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा शाखाले निर्माण गरेको नयाँ आधिकारिक वेबसाइटको औपचारिक सुरुवात गर्दै शाखालाई पूर्ण रूपमा प्रविधिमैत्री र सूचनामैत्री बनाउने अभियानको थालनी गरिएको बताएको छ ।

कार्यक्रममा समोधन ग्रदैै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले डिजिटल युगको द्रुत विकाससँगै पत्रकारहरूले आफ्ना ज्ञान, सीप र क्षमता निरन्तर अद्यावधिक अपडेट गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

 

ूप्रविधिको प्रयोग बढेसँगै नयाँ चुनौतीहरू थपिएको बताउदै तसर्थ सञ्चारकर्मीहरूले प्रविधिसँगै सत्य तथ्य र जिम्मेवार समाचार सम्प्रेषणमा विशेष ध्यान दिनु प्रर्नै बताउदै महासंघ कपिलवस्तु शाखाले वेबसाइट निर्माण गरी प्रविधिमैत्री बन्ने दिशामा कदम चालेकोमा महासचिव दाहालले प्रशंसा ग्रर्नु भएको छ । जिल्लाले गरेका कृयाकलाहरुमा देशमै नमुना कार्य गरेको र आगामिदिन हरुमा पनि पत्रकार को पेशाको शुरक्षा तथा संन्चार माध्यमको संरक्षण पत्रकार माहासंघ सदैव लाग्ने बताउनु भएको छ । सञ्चार क्षेत्रको सङ्कट र राज्यको उदासीनता नेपालका सञ्चार माध्यमहरू गम्भीर आर्थिक तथा भौतिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा राज्यले सञ्चार क्षेत्रको संरक्षण र पत्रकारहरूको न्यूनतम सुरक्षा समेत सुनिश्चित गर्न नसकेको बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि जिल््ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले समाजको सकारात्मक रूपान्तरण र स्थानीय विकास निर्माणका गतिविधि उजागर गर्न सञ्चार क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन्।

 

स्थानीय तहका गतिविधि, विकास निर्माणका कार्य र सामाजिक विकृतिविरुद्ध कपिलवस्तुका पत्रकारहरूले खेल्दै आएको भूमिका प्रशंसायोग्य छ,ू प्रमुख आचार्यले बताउदै , ूपत्रकार महासङ्घ कपिलवस्तु शाखाले सञ्चालन गरेका हरेक रचनात्मक क्रियाकलापहरू अनुकरणीय रहेको बताउदै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यो यात्रालाई यसरी नै निरन्तरता दिन आग्रह ग्रर्नेु भएको छ ।

आचार्यले जिल््लाको समग्र विकास, सुशासन र पारदर्शिता प्रवर्धनका लागि जिल््ला समन्वय समिति सञ्चार क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न सधैँ प्रतिबद्ध रहेको धारणा समेत व्यक्त ग्रर्नेु भएको छ । यस्तै कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा ले आधुनिक प्रविधिको विकासले सूचना प्रवाहलाई अत्यंत तीव्र र सहज बनाए पनि यसले भ्रम फैलाउने जोखिम बढाएको बताउदै नगरप्रमुखहरूले प्रविधिको सदुपयोग गर्दै सञ्चारमाध्यम तथा पत्रकारहरूले सत्यता परीक्षण गरेर मात्र वस्तुनिष्ठ र तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ । कपिलवस्तुका पालिकाहरूको विकास निर्माण, सुशासन र अन्य रचनात्मक क्रियाकलापहरूलाई जनमानसमा र्पुयाउन स्थानीय सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा समेत ग्रदै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले स्थानीय तहहरूसँग समन्वय गरी यहाँका सञ्चारमाध्यमहरूको संरक्षण, संवद्र्धन र दिगोपनका लागि गरेको पहल सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि पारदर्शी र उत्तरदायी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त ग्रर्नु भएको छ । यसै गरि कपिलबस्तुका प्रमुख जिल््ला अधिकारी जनार्दन गौतमले शान्ति, सुरक्षा, सुशासन र नागरिक अधिकारका विषयमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।

 

प्रशासन र सुरक्षा निकायका कामकारबाहीबारे नागरिकलाई सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि र स्रोतको विश्वसनीयतालाई प्राथमिकता दिनुपर्नेमा र गलत सूचना र अपुष्ट समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज रामराज पोख्रेल र लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले सञ्चार क्षेत्रले सामना गरिरहेको वर्तमान सङ्कटबारे गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ कपिलवस्तु शाखाले सुरुवात गरेको नयाँ डिजिटल यात्राले सूचना प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै पूर्ण सफलताको शुभकामना दिदै श्रमजीवीका हकहित र क्षमता विकास महासंघ सधैं श्रमजीवी पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र सीप अभिवृद्धिका लागि अग्रपंक्तिमा रहेर काम गर्न प्रतिबद्ध ग्रर्ने भएको छ ।

 

कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी, प्रहरी उपरिक्षक मनोहर भट्ट, , सशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारी संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेल, पुर्व अध्यक्ष भेषराज पाण्डे, मनोज पौडेल , निर्वतमान अध्यक्ष किरणमान बज्राचार्य, शाखा सल्लाहकार पार्वती पाण्डे, लगायत जिल्ला स्थित गैसस माहासंघ का अध्यक्ष जे पि पाण्डे तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डे लगाएतले शुभकामना ब्यक्त ग्रर्नु भएको थियो । साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै उत्कृष्ट पत्रकारहरूलाई नगद राशिसहित पुरस्कृत एवं सम्मानित गरिएको छ ।

 

उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार जानु पाण्डे र गीता पौडेल सम्मानीत भएका छन् भने विशेष शैक्षिक सम्मान नगद राशिसहि पत्रकारिता विषयमा स्नातकोत्तर मास्टर्स उत्तीर्ण गर्नुभएकोमा रेडियोकर्मी भुपाल थापा र तुलसीराम यादव लाई समेत समान गरिएको छ । भने नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको को पत्रकार दुर्घटना कोषको लागी सहयो ग्रर्ने स्थानिय ७ वटा पालिका लाई कदर पत्र बाट सम्मान गरिएको छ नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारण सभाले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकारका अधिकार तथा कपिलवस्तुको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र विकासका । विषयमा गम्भीर छलफल गदै १३ बुँदे घोषणा–पत्र जारी गरेको छ । कार्यक्रम शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा स्वगत उपाध्यक्ष खग प्रशाद चापागाईको स्वागत र सचिव सनि उल्ला धोभी को संन्चालनमा सम्म पन्न भएको छ ।

सम्बन्धित् समाचार