गृहपृष्ठ Featured लुम्बिनीमा एमालेका ५२ हजार सदस्यको मात्रै नवीकरण, २८ हजार छुटे

लुम्बिनीमा एमालेका ५२ हजार सदस्यको मात्रै नवीकरण, २८ हजार छुटे

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशमा ५२ हजार पार्टी सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन् । १२ जिल्लामा ८० हजार पार्टी सदस्य रहेकोमा हालसम्मको अधावधिकमा ५२ हजारले सदस्यता नवीकरण गरेको पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिएका छन् ।

एमालेले पटक पटक थपेको सदस्यता नवीकरणको समय सकिएको भएपनि आन्तरिक रुपमा इन्छुक सदस्यलाई नवीकरणको समय दिइरहेको थियो ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकमा सबै जिल्ला कमिटीका अध्यक्ष तथा इन्चार्जहरुमार्फत आएको विवरणअनुसार यो सङ्ख्याको सदस्यतले नवीकरण गरेको कंडेलको भनाइ छ ।

प्रदेश कमिटीले पार्टी केन्द्रलाई पुनःगठन तथा निर्वाचन समीक्षाका विषयमा देशभरबाट आएका सुझाव सङ्कलन गरेर कार्यदलले तयार गरेको प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा छलफलका लागि लैजान आग्रह गरेको छ ।

त्यसैगरी तत्काल सचिवालय र केन्द्रीय कमिटी बैकठमा समसामयिक विषयमा छलफल गरेर पार्टीलाई गतिशीलता दिन आग्रह गरिएको, प्रदेश सभा दलको बैठक हरेक महिना नियमित बसेर छलफल गर्नुपर्ने, जिल्ला र पालिका तहका जनप्रतिनिधिले त्यहाँको पार्टी कमिटीसँग नियमित छलफल गरेर अगाडि बढ्न निर्देशन गर्ने निर्णय कमिटीको बैठकले गरेको अध्यक्ष कंडेलले बताए ।

बैठकले मिसन पार्टी जागरण अभियानको प्रारम्भिक समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने विषयमा वडा तहसम्म पुराउनेलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा विभिन्न जिल्लाका अध्यक्षहरुले पार्टी पुनःगठन कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न, स्थानीय तहमा पार्टीको अवस्थालाई बुझेर कार्ययोजना बनाउन र नेतृत्व तहबाट जनस्तरका विषयहरुलाई सम्बोधन हुनेगरी अघि बढ्न आग्रह गरेका थिए ।

सम्बन्धित् समाचार