गृहपृष्ठ Featured त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने

त्रिभुवन विश्वविद्यालयका देशभरका सबै परीक्षा केन्द्रमा अब अनिवार्य रुपमा सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने निर्णय भएको जनाएको छ। यस विषयमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको गत भदौ ३ गतेको बैठकको निर्णय भएको सूचनामा उल्लेख छ।

त्रिविका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्नेछ। परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी सीसी क्यामरा राख्नुपर्नेछ।

सीसी क्यामरामा कम्तिमा डेढ महिनाको रेकर्ड रहनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। सबै परीक्षा केन्द्रले अनिवार्य रुपमा सीसी क्यामरा जडान गर्नुपर्नेछ।

सीसी क्यामरा जडान नभएमा परीक्षा केन्द्र परिवर्तन गरिने जनाइएको छ। सूचनामा भनिएको छ, ‘उपरोक्त अनुसार व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाको लागि परीक्षा केन्द्र परिवर्तन समेत गर्न सकिने बेहोरा जानकारी गराइन्छ।’

सम्बन्धित् समाचार