गृहपृष्ठ Featured साउदीको रियाद विमानस्थलमा आक्रमण : १२ जनाको ज्यान गयो

साउदीको रियाद विमानस्थलमा आक्रमण : १२ जनाको ज्यान गयो

साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ ।

साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले आज बिहान निकालेको विज्ञप्तिअनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो ।

आक्रमणबाट १२ जनाको ज्यान गएको र कम्तिमा ३०० जना घाइते भएका छन् । आक्रमणबाट ४ जना साउदीका नागरिक तथा अरु २ बङ्गलादेशी ८ विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ ।

आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ । तर उसले अहिलेसम्म आक्रमणको जिम्मा लिएको छैन । बितेका २० दिनमा रियाद विमानस्थलमा हिजो चौथोपटक आक्रमण भएको हो ।

इरान–समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिदै आएको छ । पछिल्लो आक्रमणबाट घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मानवियसहित भौतिक संरचना पनि क्षति भएको छ ।

सम्बन्धित् समाचार