कपिलवस्तु , कार्तिक २० ।
नेपाली कागे्रंको १५ औ महाधिवेशन अनर्तरगत बाकीं रहेको जिल्ला तथा प्रदेश समितिको निर्वाचन नजिकिदै जादा उमेद्धारहरुको तयारी तिव्र हुन लागेको छ ।
लुम्बिनी प्रदेश सभापतिको लागि वर्तमान महामन्त्री सुरेन्द्र राज आर्चायले उमेद्धारी घोषणा गरि जिल्ला दौडाहामा रहेका छन् ।
२ पटक कपिलवस्तुको सभापतिको जिम्मेवारी र १ पटक प्रदेश महामन्त्रीको नेतृत्व समातेका आर्चायले यस पटक लुम्बिनी प्रदेशको पार्टीको बाघडोर समाप्ने योजनामा रहेका छन् ।
२ पटक संघिय सांसद निर्वाचित आर्चायले २ पटक नै संघिय मन्त्रीको जिम्मवेवारी पाएर काम समेत गरेका छन् ।

पार्टीलाई सवल र लुम्विनीको विकास र कार्यकर्ताको मनोभावना बुझि बाम गर्ने योजना अनुसार आफु अगाडी बढेको उनले बताए ।
कपिलवस्तुमा रहेपनि पहाड र मधेसमा सम्रग अवस्था बुझेकाले सबैको समानुपातीक रुपमा काम गर्नको लागि आफु योग्य भएको उनले बताए ।
सो अन्र्तरगत बाके, वर्दिया, रुपन्देही लगायतका जिल्लाका नेता तथा कार्यकर्ता संग भेटघाट समेत गरेका छन् । उनले पुर्व केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठोर , प्रदेश सभापति अमर सिंह पुन र रुपन्देही, बाकें, वर्दियाका जिल्लाका नेताहरुलाइै भेट गरेको र नेता तथा कार्यकर्ताहरुले नेतृत्व लिनको लागि सल्लाहा दिएको बताए ।
बाकें क्षेत्र नं ३ को शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सभापति अमर सिंह पुनले सम्रग प्रदेशको समस्या र कार्यकर्ताहरुको इच्छा अनुसार संगठनमा काम गर्नुपर्ने बताए ।
सुरेन्द्रराज आर्चाय संगै वर्तमान प्रदेश उपसभापतिहरु, राजु खनाल, भुवन श्रेष्ठ, र प्रदेश सांसद विर बहादुर रानाको पनि चर्चा छ ।







