बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित पदाधिकारी तथा परिषद् सदस्यहरूले बुधबार जिम्मेवारी सम्हालेका छन् ।
नवनियुक्त उपाध्यक्ष डोल्मा, सदस्य–सचिव सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य तथा परिषद् सदस्यहरूले आजदेखि कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्नुअघि उपाध्यक्ष डोल्माले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेकी थिइन् । त्यसपछि कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहित कर्मचारीहरूले नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूलाई स्वागत गरेका थिए ।
कोषको उपाध्यक्ष नियुक्तिको विषयलाई लिएर विवाद भने जारी छ । उपाध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै गठित संघर्ष समितिले विगत एक महिनादेखि विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।






