गृहपृष्ठ Featured करोडौँ जरिबाना र दुई वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

करोडौँ जरिबाना र दुई वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

रौतहटको गरूडा नगरपालिका-१ बस्ने ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा ५३ करोड ८१ लाख ८३ हजार ८१ रूपैयाँ जरिबाना र २ वर्ष कैद सजाय ठहर भएको प्रहरीले जानकारी दिएको छ ।

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्सा वीरगन्ज महानगरपालिका-१६ नगुवाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार