इजिप्टमा एक मुख्य चक्रपथ (रिङ रोड) मा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको ज्यान गएको छ ।
गिजाको अल–वार्राक जिल्लामा रहेको सुरुङमार्गमाथि भएको घटनामा अरू २१ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै ट्याङ्कर पल्टिएर त्यसमा रहेको पेट्रोलियम पदार्थ सडकमा पोखिँदा नजिकै रहेका कार र मोटरसाइकलसहित २७ वटा गाडी जलेर नष्ट भएका प्रारम्भिक अनुमान छ ।
यसैबीच अभियोजन कार्यालयले पहिचान खुल्न नसकेका मृतकहरूको सनाखत गर्न शवबाट डीएनए नमूना सङ्कलन गर्न आदेश दिएको खबरमा उल्लेख छ ।
इजिप्टमा तीव्र गति, ट्राफिक नियमहरूको फितलो कार्यान्वयन र सडकको खराब अवस्थाजस्ता कारणहरूले गाडी दुर्घटना हुने गरेका छन् ।
सरकारी तथ्याङ्क निकायका अनुसार गाडी दुर्घटनामा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या अघिल्लो वर्षको ५ हजार २६० बाट १०.८ प्रतिशतले बढेर सन् २०२५ मा ५ हजार ८२९ पुगेको छ ।







