कपिलवस्तु ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट बाणगंगाका अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
महाधिवेशन महासंघको अध्यक्ष बसन्त राज खनालको अध्यक्षताm प्रमुख अतिथि सिटिइभिटी परिषद सदस्य इन्जिनियर शैलेन्द्र मोहन झा तथा विशेष अतिथि फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्र चटौत लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचीव भुवन चक्र जोशीको रहेको थियो ।
सर्वसम्मत अध्यक्षमा निर्वाचित पाण्डेले नेपाललाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने गरी समितिले काम गर्ने लुम्बिनी हवलाई छोटो प्रतिक्रिया दिए ।









