काठमाडौँ ।
अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ । अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९ल्म्ःब्० लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।








