काठमाडौं ।
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बुधबार बिहान सिनामंगलमा शंकास्पद वस्तु भेटिएको थियो । जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।
सिनामंगल पुल नजिकै एउटा शंकास्पद वस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।








