गृहपृष्ठ Featured ‘टिभिएसका ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरिय सेवा’

‘टिभिएसका ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरिय सेवा’

वैखरी अनलाईन, बाणगंगा ।

जगदम्बा मोटर्सको आधिकारीक विक्रेता बाणगंगा अटो ट्रेडर्सले स्थानीय स्तरमा रहेका ग्यारेजका मेकानिक्सहरुसंग अन्तरक्रिया गरेको छ । उक्त अन्तरक्रियामा आफ्ना उत्पादन, सर्भिस, सेल्स, पार्ट लगायतको बारेमा जानकारी गराईएको बाणगंगा अटो ट्रेडर्सका संचालक मनोज पौडेलले जानकारी दिए ।

उनले टिभिएस मोटरसाइकल तथा स्कुटरका ग्राहकहरुलाई सुपथ मूल्यमा गुणस्तरिय सेवा प्रवाह गर्नुपर्ने उक्त अन्तरक्रियाबाट निष्कर्ष निकालिएको बताए ।

उनका अनुसार भोलि शनिबारदेखि बाणगंगा नगरपालिका ११ ओदारी ब्रान्चबाट ‘टिभिएस फ्रि सर्भिस क्याम्प’ हुन लागेको छ । साउन ८ गतेसम्म हुने उक्त क्याम्पमा पार्टस र ल्युबमा १० प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट, फ्री वासिङ्ग, माइलेज चेकअपको ग्राहकलाई टिभिएसको टिसर्ट, फ्री जनरल चेकअप लगायतका सेवा उपलब्ध हुने उनले बताए ।

टिभिएसका मोटरसाइकल तथा स्कुटर ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ । जसले कपिलवस्तु जिल्लाभरि नै राम्रो बजार बनाउन सफल भएको छ ।

सम्बन्धित् समाचार