गृहपृष्ठ Featured बुटवल उपमहानगरका पुर्व उप-प्रमुख खनालको निधन

बुटवल उपमहानगरका पुर्व उप-प्रमुख खनालको निधन

बुटवल ।

बुटवल उपमहानगरपालिकाका पुर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता राम प्रसाद खनालकाे निधन भएकाे छ।

नेपाली  काङ्ग्रेस बुटवलकाे  लामाे समय सम्म सभापति रहेका  खनालकाे उपचारको क्रममा तिनाउ अस्पतालमा गएराती निधन भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए।

खनाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका गएकाे असार १३ गते प्राेष्टेटकाे अपरेसन गरिएको थियोे।

पाल्पाको कुशुम खाेलामा जन्मेका ८३ बर्षिय खनालका ४ छाेरा २ छाेरी र २ श्रीमती छन् ।

सम्बन्धित् समाचार