रुपन्देही ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनी विकास कोषसँग सहकार्य गरी ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरी लैंगिकमैत्री शौचालय निर्माण गरेको हो ।
१ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ । लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको छ । यो शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनसक्ने भएकाले उनीहरुलाई थप सहज हुनेछ ।
कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल युनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरी करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तीय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।
कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशील बनाउने गरी नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्र्तर्राष्ट्रियस्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । सदस्य सचिव सानुराजा शाक्यले शौचालय निर्माण भएपनि यसको दीगो सञ्चालनमा चुनौती रहेको बताउँदै त्यस कार्यमा कोष लागिपर्ने बताए ।








