जुलाई ११ मा ओ माई गॉड-२ को टिजर रिलिज भएको थियो । सेन्सर बोर्डले फिल्मको रिलिज मिति रोकेर समीक्षा समितिमा पठाएको छ ।
गत जुलाई १८ मा सेन्सर बोर्डको यो कारबाहीभन्दा अघि नै पुजारीहरुले पहिलेभन्दा आपत्तिजनक शट र संवाद हटाउनु राम्रो हुने बताएका थिए । महाकाल मन्दिरका पुजारी, महाकाल सेना तथा अखिल भारतीय पुजारी संघका अध्यक्ष महेश पुजारीले भने, ‘यदि फिल्मले सेन्सर बोर्डबाट ए सर्टिफिकेट पायो भने त्यो पोर्नोग्राफिक फिल्म हो । त्यसैले फिल्मबाट महाकाल मन्दिरको शट हटाउनुपर्छ । हामी सेन्सर बोर्ड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गर्दछौँ ।’
उनले भने, ‘सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको फिल्मका संवाद र दृश्य नाबालिगले हेर्न पाउँदैनन् । यस्तो फिल्ममा महाकाल मन्दिरको दृश्यको के उपयोग ? महाकाल मन्दिरको शट नहटाए एफआइआर दर्ता हुनेछ ।’