गृहपृष्ठ Featured बाँकेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

बाँकेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

नेपालगन्ज ।

बाँकेको राप्ती सोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । शुक्रबार राति १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्गअन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको हो ।

गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी–३ का रामको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

सम्बन्धित् समाचार