गृहपृष्ठ Featured कांग्रेसले कपिलवस्तुमा अब्दुल सत्तारलाई खटायो

कांग्रेसले कपिलवस्तुमा अब्दुल सत्तारलाई खटायो

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसले कपिलवस्तुका ३ निर्वाचन क्षेत्रका लागी केन्द्रीय प्रतिनिधिका रुपमा अब्दुल सत्तारलाई खटाएको छ । सत्तारलाई विशेष आन्तरिक अभियानअन्तर्गत कांग्रेसले कपिलवस्तुमा खटाएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्तरिक अभियान अन्तर्गत प्रतिनिधि खटाउने निर्णय गरेको थियो । साउन २० देखि ३० गतेसम्म कांग्रेसले विशेष अभियान चलाउन लागेको हो ।

केन्द्रीय प्रतिनिधिहरूले जिल्लाका विभिन्न स्थानमा गई कार्यक्रम गर्नेछन् । पार्टीको वस्तुस्थितिबारे बुझ्ने छन् । उनीहरूले पार्टीका नियमित बैठक बसेको वा छैन, क्यालेन्डर बनाउने, पार्टी परिचालनको अवस्था बुझ्नेसहितका काम गर्नेछन् ।

कांग्रेसले अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा मन्त्री, सांसदहरूलाई खटाएको छैन । केही पूर्व केन्द्रीय सदस्यहरूलाई पनि खटाएको छ ।

सम्बन्धित् समाचार