गृहपृष्ठ Featured कपिलवस्तुको कृष्णनगर नाकाबाट ३५६ जनाको उद्धार

कपिलवस्तुको कृष्णनगर नाकाबाट ३५६ जनाको उद्धार

कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट एक वर्षमा ३५६ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शान्ति पुनःस्थापना गृहले एक वर्षमा ती महिला तथा बालबालिकालाई उद्धार गरेको जिल्ला संयोजक वसन्ती जिसीले बताइन्।

उद्धार गरिएकाहरू भारत हुँदै तेस्रो मुलुक जाने, आर्थिक रोजगारीका अवसर, नेटवर्किङ बिजनेसलगायतका अन्य प्रलोभनमा पर्ने गरेको बताइएको छ। युवती र बालबालिकाहरूको बेचबिखनको उच्च जोखिममा रहेको जिसीले बताइन्।

गैरकानुनी तरिकाले भारत र भारत हुँदै तेस्रो मुलुक जान लागेकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ। उद्धार गरिएकामध्ये कपिलवस्तुका ५४ जना, अर्घाखाँचीका ५२, प्यूठानका ३६, दाङका ३५ र रूपन्देहीका ३० जना छन्।

यसैगरी गुल्मीका २६, रोल्पाका २१ र भारतलगायतका विभिन्न स्थानका २५ जना रहेका छन्।

संस्थाले ७ हजार ७४ लाई मानव बेचबिखनविरुद्ध सूचना तथा परामर्श दिइएको पुनःस्थापना गृह कपिलवस्तुकी संयोजक वसन्ती जिसीले बताइन्। भारतका विभिन्न ठाउँबाट २५ जनालाई स्वदेश फर्काइएको छ भने एक वर्षमा मानव बेचबिखनविरुद्धका ६ वटा मुद्दा दर्ता भएको छ।

 

सम्बन्धित् समाचार