गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुद्धारा काफ्ले र शाहीसहित ७ जना जिल्ला सदस्यमा मनोनित

कांग्रेस कपिलवस्तुद्धारा काफ्ले र शाहीसहित ७ जना जिल्ला सदस्यमा मनोनित

वैखरी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले जिल्ला कार्य समितिमा ७ जनालाई मनोनित गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले ७ जनालाई जिल्ला कार्य समिति पदमा मनोनित गरेका हुन ।

सभापति कलामले नेपाली कांग्रेसको बिधान २०१७ संशोधनसहित परिच्छेद ३ को १२ पाचँको २ ख बमोजिम रवि बहादुल काप्mले , टेक बहादुर शाही , अकिल मियाँ, तारावति थारु, रुद्र बहादुर गैरे, राजेश ज्ञवाली र लक्ष्मी गुप्ता सावलाई जिल्ला सदस्यमा मनोनित गरीएको जानकारी दिए ।

मनोनित हुनमा पुर्व जिल्ला सदस्य रवि बहादुर काफ्ले तथा पुर्व महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही लगायतका प्रभावशाली नेता जिल्ला सदस्यमा मनोनित भएपछि पार्टी थप चलाएमान हुने पार्टीका कार्यकर्तामा बिश्वास बढेको छ ।

सम्बन्धित् समाचार