वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको हो ।
कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०÷८१ मा बिनियोजित बजेट कार्यन्वयनको लागी सघंको अर्थमन्त्रालयबाट प्राप्त मार्ग दर्शन अनुसार बजेट कार्यन्वयन गर्ने निर्णय गरेको बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।
साथै बैठकले आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा भदौ ८ र ११ गते नगरको सभाहलमा आयोजना गर्ने निर्णय समेत गरेको छ । भावी दिशा निमार्ण तथा आम जनगुनासो सम्बोधन गर्ने उदेश्यले बार्षिक समिक्षा बैठकको आयोजना गरीएको बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले बताइन ।
त्यस्तै कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०÷८१ लागी ज्याला र निमार्ण सामाग्रीको नगर दररेट स्वीकृत समेत गरेको उप प्रमुख चौधरीले जनाकारी दिइन ।
साथै बैठकले प्राकृतिक चिकित्सा सम्बन्धी कार्यविधि पारित गर्दै कपिलधाममा प्राकृतिक चिकित्सालय सञ्चालनका लागी अनुमति दिने निर्णय गरेको नगर प्रमुख चक्र अर्यालले बताए । साथै भदौ ४ गते नागपञ्चमीका अवसरमा स्थानिय बिदा दिने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको छ । भदौ ४ गते नगरभित्रका अत्यावश्यक बोहक नगर मातहतका सबै कार्यलय तथा बिद्यालयले बिदा पाउने छन ।
साथै बर्षायाममा खाल्डाखुल्डी भएका तथा भत्कीएका सडक मर्मतका लागी कार्यपालिका बैठकले २० लाख रुपैया बजेट छुट्टाएको प्रमुख अर्यालले बताए । सो बजेट नगरका हरेक वडामा बजेटका ४ मापदण्ड अनुसारनै बितरण गरीने बताइएको छ ।
बैठकमा नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रवक्ता बिष्णु प्रसाद पौडेल लगायतले आआफनो धारणा राखेका थिए भने वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुको बैठकमा सहभागिता रहेको थियो ।








