गृहपृष्ठ Featured अर्घाखाँचीमा बाँदर धपाउन बोकेका भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु

अर्घाखाँचीमा बाँदर धपाउन बोकेका भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु

बाँदर धपाउन बोकेका भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका- ७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।

आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान पदम घरमा राखेको बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए ।

उनी बारीमा चिप्लिएपछि एकनाले बन्दुक आफैं पड्किएको र गोली उनको कोखामा लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित् समाचार