गृहपृष्ठ Featured मुस्ताङमा बाढीले बगायो १० घर र पक्की पुल

मुस्ताङमा बाढीले बगायो १० घर र पक्की पुल

म्याग्दी । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १० घरसहित एक निर्माणाधीन पक्की पुल बगाएको छ।

वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

त्यसैगरी कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्‍याएको छ।  एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ। आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय क्षति नभएको मुस्ताङ प्रशासनले जनाएको छ।

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ। प्रहरीका अनुसार तीन दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ।

सम्बन्धित् समाचार