गृहपृष्ठ Featured रोटरी क्लव अफ कपिलवस्तु : अध्यक्षको जिम्मेवारी गैरेलाई

रोटरी क्लव अफ कपिलवस्तु : अध्यक्षको जिम्मेवारी गैरेलाई

कपिलवस्तु ।

रोटरी क्लव अफ कपिलवस्तुको अध्यक्षको जिम्मेवारी विष्णुमाया गैरेले प्राप्त गरेकी छिन् । शिवराज नगरपालिका- १ शिवपुरमा आयोजना भएको पद हस्तारण कार्यक्रम मार्फत रोटरीले गैरेलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

वर्ष २०२२/२३ का अध्यक्ष हेमराज शर्माले वर्ष २०२३/२४ को लागी पद हस्तारण गर्नुभएको हो । पद हस्तारण गर्दै निवर्तमान अध्यक्ष शर्माले रोटरीले आफनो कार्यकालमा गरेका कामहरुको प्रकाश पार्नुभएको थियो । शर्माले शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा काम गरेको बताउनुभयो ।

यस्तै पदभार ग्रहण गर्दै अध्यक्ष विष्णुमाया गैरेले रोटरी कल्व कपिलवस्तुमा सदस्यता वढाउने , रोटरीका काम कर्तव्यहरुको जानकारी व्यापक गराउने , शिक्षा , स्वास्थ्य र सामाजीक क्षेत्रमा फाईदामुलक कार्यक्रमहरु संचालन गर्ने वताउनुभएको छ । पद हस्तारण कार्यक्रममा रोटरीयन , वासुदेव घिमिरेले रोटरी कल्व सामाजीक काम गर्ने संस्था भएको वताउनुभएको छ । उहांले रोटरीमा आवद्ध व्यक्तिहरुको लगानीमा सामाजीक कामहरु गरिरहेको वताउनुभयो । रोटरीयन एजाज आलमले रोटरी कल्वले वुटवलमा गौतमवुद्ध मुटु अस्पताल , दाङ र रुपन्देहिमा मुगौलाको डाईलासीस केन्द्र संचालन गरेको जानकारी दिनुभयो ।

आलमले रोटरी कल्वले छिटै कपिलवस्तुको जितपुरमा पनि डाईलासिस सेन्टर संचालन गर्न लागेको वताउनुभयो । उहांले रोटरी कल्वले फन्ड संकलन गरेर समाजमा अतिआवश्यक क्षेत्रमा खर्च गर्ने गरेको वताउनुभयो । प्रदेश सभा सदस्य अर्जुन कुमार केशिले सामाजीक क्षेत्रमा संसारभर रोटरीले पुराएको योग्दान अवीस्मरणीय भएको वताउनुभएको छ ।

उहाँले रुपन्देहि र कपिलवस्तुमा रोटरीयनहरुको भुमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले सामाजीक क्षेत्रमा योग्दान गर्न सवैको जिम्मेवारी भएको वताउनुभएको हो । पद हस्तारण कार्यक्रममा नंया नेतृत्वलाई शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी , निवर्तमान नगरप्रमुख नेत्रराज अधिकारी , वडा अध्यक्ष विक्रम केशि , नेत्र वेल्वासे लगाएतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

रोटरीका पुर्व अध्यक्षहरु , टोपलाल पोख्रेल , महादेव पोख्रेल , प्रकास पौडेल , राजकुमार केशि , विष्णु भटटराई , ज्ञानु पोख्रल , टिएन गैरे लगाएतले नंया समितिलाई सुभकामना व्यतm गर्नुभएको हो । कार्यक्रम सचिव प्रवेश गैरेको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार