लुम्बिनी ।
लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटलाई युवा आर्टिष्टहरुले सौन्दर्यीकरणको जिम्मा लिएका छन । २०६६ सालमा बनेको प्रवेशद्वारलाई मनमोहक र हराभरा बनाउनका लागि नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समितिले पुष्पबाटिका निर्माणका लागि पुष्परोपण गरी यसको संरक्षण गर्ने जिम्मा लिएको हो ।
घासे मैदानको रुप लिएको गेट वरपरको क्षेत्रलाई सफा गरी युवाहरुले नगरको सुन्दरताको परिचय दिने गरी गेट वरपरको क्षेत्र सरसफाई गरी मनमोहक गराउन पार्कमा फुलका विरुवाहरु रोपिएको जिल्ला कार्य समितिका अध्यक्ष उज्जवल कुमार दे कास्थले बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उप्रप्रमुख उमा अधिकारीले नगरपालिकाकोे ग्रिन सिटी क्लीन सिटी अभियान संचालन भइरहेको बेला आर्टिष्ट युवाहरुले अभियानलाई थप सार्थक बनाउन आफ्नै लगानीमा सौन्दर्यीकरणको काम गर्नु प्रशंसनिय रहेको बताए । उनले नगरभरि आर्टिष्टहरुले आफ्नो कला, शीप र प्रतिभाको प्रयोग गर्दै निर्माण गरेको मायाको चिनो प्रयोगमा ल्याए कलाकारहरुको कलाले मुर्त रुप लिने बताइन ।
दैनिक थुप्रै कार्यक्रमहरु यहाँ हुन्छन यस्मा हामीले स्थानीय कलकारहरुको उत्पादन प्रयोग गर्न सके आर्थिक रुपमा पनि कलाकारहरु सबल हुने र कलाको प्रदर्शन हुने उनले बताइन । उनले नेपाललाई चिनाउने कला ओझेलमा परेको बताउदै कलाकारहरुले नै विभिन्न निकायको सहयोगमा विद्यालय स्तरबाट पनि प्रशिक्षणहरु दिनु पर्ने बताउदै यसमा नगरपालिकाले पनि सहाकार्य गर्न तयार रहेको बताइन ।
कार्यक्रममा बोल्दै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले राजनितिक दलको समति र सडक विभागको मापदण्ड अनुसार बनेको लुम्बिनीको पहिचान झल्किने गेट लुम्बिनी जाने बाटो भन्ने चिनाउनका लागि नै बनाएको बताए । दीर्घकालिन सोच राखेर युवाहरुले गरेको यो प्रयास धेरै राम्रो रहेकोले यसलाई निरन्तरता दिदै संरक्षण र सम्बद्र्धनमा पनि ध्यान दिन आग्रह गरे ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सुन्दर, पर्यटकीय र बुद्धको नगरी भैरहवामा आर्टिष्टहरुले प्रशंसनिय योग्य काम गरेको बताइन । राम्रो सोचका साथ संरक्षक रुपमा रहेकर प्रवेशद्वारलाई सौन्दर्यीकरण मात्रै होइन यस्को संरक्षण र सम्बद्र्धनमा अपनत्व लिने काम अर्टिष्ट संघले गरेको बताइन ।








