काठमाडौं ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि तोकिएको सजायमा इस्लामावाद उच्च अदालतले रोक लगादिएको छ। तोशाखाना मामिलामा पक्राउ परेका खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश समेत दिएको छ।
यसअघि उनलाई तोशाखाना मामिलामा तीन वर्षको सजाय सुनाइएको थियो। उक्त आदेशससँगै पूर्व प्रधानमन्त्री खान पक्राउ परेका थिए। प्रधानमन्त्री रहेका बेला सरकारी उपहारहरू बेचेको उनीमाथि आरोप छ।
अदालतले जमानतमा रिहा गरे पनि उनी रिहामुक्त हुने नहुनेबारे केही बताइएको छैन। उनीविरुद्ध अरु मुद्दाहरू पनि रहेकाले तत्काल रिहा हुने सम्भावना नरहेको बीबीसीमा उल्लेख छ।
उनको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले खानमाथि लगाइएको सबै मामिलामा जमानतको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका छन्। अदालतले यस विषयमा भने सुनुवाई गरेको छैन।








