नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिममा शत्तिहरूको स्वार्थपूर्ति नगरेमा उनीहरूले नै बालेन सरकार विघटन गरि दिने टिप्पणी गरेका छन्।
शुक्रबार झापाको दमक नगर कमिटीको कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्याउने दातालाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै थापाले सरकारबारे टिप्पणी गरेका हुन्।
यसअघि एमाले, कांग्रेस, माओवादीलगायतका दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि उनीहरूको पार्टी कार्याालय र नेता कार्यकर्ताको घर भवन जलाएर ध्वस्त पारिएको थापाको आरोप थियो।
कार्यक्रममा कार्याालय स्थापनामा सहयोग गर्ने दाता तथा जेनजी आन्दोलनमा तोडफोडपछि ध्वस्त पार्टी कार्याालय पुपर्निमार्णमा सहयोग गर्ने दाता, नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको छ।
त्यस्तै, दमक–९ मा रहेको पार्टी कार्याालय निमार्णका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दिपा दाहाल बराललाई सम्मान गरिएको छ।
कार्यक्रममा एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनर्निर्माण समिति संयोजक अम्बिका खनालले पुनः निर्माणको विषयमा जानकारी गराएका थिए।








