गृहपृष्ठ Featured कपिलवस्तु आएर अध्यक्ष लिङ्देनले भने- ठूला पार्टीका कारण मूलककाे अवस्था नाजुक

कपिलवस्तु आएर अध्यक्ष लिङ्देनले भने- ठूला पार्टीका कारण मूलककाे अवस्था नाजुक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन ठूला राजनीतिक दलको सिन्डीकेटले गर्दा मुलुक अहिले असामान्य स्थितिबाट गुज्रिरहेको बताएका छन्।

ठूला पार्टी भनाउँदाहरूले कारण मूलक अहिले नाजुक स्थितिमा पुगेको उनले बताए। राप्रपा कपिलवस्तुद्वारा तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले गहिरो सङ्कट आई देश नै नरहने स्थितिसम्मको खतरा उत्पन्न भएको बताए।

माओवादी केन्द्र, जनमत र एमाले लगायतका पार्टी परित्याग गरी आएका कार्यकर्तालाई टिका लगाई पार्टी गराउने क्रममा उनले भ्रष्टाचार बढेको र देशलाई धार्मिक द्वन्द्वमा फसाउन खोजिएको भन्दै अहिले जस्तो स्थिति इतिहासमै कहिले नभएको उल्लेख गरे।

विदेशीहरूको चलखेल एकदमै बढेको र ०६२/०६३ पछि मुलुकमा झन्झन् विदेशी हस्तक्षेप बढेको भन्दै उनले अहिले विदेशी शक्तिहरूको सहयोग बिना सरकार नै टिक्न नसक्ने सम्मको स्थिति आएको बताए।

सम्बन्धित् समाचार