गृहपृष्ठ Featured कपिलवस्तुमा भोलिदेखि ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ सुरु हुदैं

कपिलवस्तुमा भोलिदेखि ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ सुरु हुदैं

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुदैं छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका- २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने छ ।

४ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई र सेनेटर मिलन गुरुङ आउने कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन जना प्रशिक्षकहरु नै अन्तरराष्ट्रिय स्तरका प्रशिक्षकहरु हुन् ।

अध्यक्ष घिमिरेले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदैं ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रहने जेसिआई सेनेटर मिलन गुरुङले सहभागिहरुले कार्यक्रम पश्चात एक स्तरको छुट्टै पहिचान लिएर जाने दाबी गरे । जेसीजले हरेक काम फरक ढङ्गबाट गर्ने बताउँदै उनले भने, ‘कार्यक्रममा सहभागीहरुको विजेनेस, उक्त क्षेत्रमा सामना गर्नुपरेको समस्या, अनुभव लगायतको बारेमा विश्लेषण गछौं ।’

सम्बन्धित् समाचार