गृहपृष्ठ Featured स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं ।

एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार नेपाल फर्किएका छन् ।

श्रीलंकन एयलाइन्सबाट आज दिउँसो नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

 

Cricket-teamkaran-1693989696.jpg

Cricket-team-Aasif-1693989675.jpg

Cricket-team-Aarif-1693989675.jpg

Cricket-team-kishor-1693989681.jpg

Cricket-team-kushal-1693989681.jpg

Cricket-team3-1693989693.jpg

Cricket-team-welcome-1693989687.jpg

Cricket-teambhim-sarki-1693989696.jpg

ompal-1693989699.jpg

सम्बन्धित् समाचार