गृहपृष्ठ Featured मानव बेचबिखन बिरुद्धको १७ औं राष्ट्रिय दिवस : कपिलवस्तुमा प्रभातफेरी

मानव बेचबिखन बिरुद्धको १७ औं राष्ट्रिय दिवस : कपिलवस्तुमा प्रभातफेरी

कपिलवस्तु ।

‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ भन्ने नाराका साथ मानव बेचबिखन बिरुद्धको १७ औ राष्ट्रिय दिवस कपिलवस्तुमा पनि भब्य रुपमा मनाईएको छ । दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा प्ले कार्ड सहित प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरीका क्रममा प्रशासन चोक हुदै तौलिहवा बजारको परिक्रमा गरी कपिलवस्तु नगरपालिकाको हलमा सभा गरिएको थियो । प्रभातफेरीमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रजिअ शंकरहरि आचार्य, सशस्त्र प्रहरी उपरिक्षक जीन केसी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतको सहभागीता थियो ।

सुरक्षाकर्मी, शान्ति पुर्नस्थापना केन्द्र आफन्त नेपाल साथी संस्था ओरेकका प्रतिनिधि मानवअधिकारकर्मीै समेत सहभागी थिए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मानव बेचबिखन बिरुद्ध सबैले मिलेर काम गर्नु पर्ने बताए । प्रजिअ आचार्यले नेपालमा गबिरी, अशिक्षा, पछौटेपन लगायतका कारण प्रलोभनमा परी किशोरीहरु दलालको चंगुलमा फस्ने गरेको बताए । ती दलालहरुले अनेक तरिका र हत्थकन्डा प्रयागे गरेर भारत र तेश्रो मुलुकमा किशोरीहरुलाई लगेर बेच्ने गरेको बताए ।

जिल्लामा मानव बेचबिखन बिरुद्ध क्रियाशील संस्था शान्ति पुर्नस्थापना केन्द्र र आफन्त नेपाल अनुसार दलालहरु बिगत जस्तो आफै उपस्ति भई काम गर्न छाडेको र सामाजिक संजालको प्रयोग गरी युवतीहरुलाई नाका कटाउने गरको पाइएको छ । ती संस्था अनुसार बिगतमा कृष्णनगर नाकाको प्रयोग गरिए पनि अहिले निग्रानी बढाइएकाले दलालहरुले अरु नाकाहरुको प्रयोग गर्ने गरेका छन ।

दिवसकै अवसरमा शान्ति पुर्नस्थापना केन्द्र र आफन्त नेपालको अगुवाईमा कृष्णनगर मर्यादपुर, चाकरचौडा नाकामा र्याली समेत निकालिएको थियो ।

सम्बन्धित् समाचार