गृहपृष्ठ Featured शैक्षिक क्षेत्रमा संक्रियता बढाएर नमुना बन्दै ‘बिग भिजन कम्प्युटर इन्स्टिच्युट’

शैक्षिक क्षेत्रमा संक्रियता बढाएर नमुना बन्दै ‘बिग भिजन कम्प्युटर इन्स्टिच्युट’

वैखरी अनलाईन, बाणगंगा ।

बिग भिजन कम्प्युटर इन्स्टिच्युटले शैक्षिक क्षेत्रमा आफ्नो संक्रियतालाई थप बढाउँदै लगेको छ । बाणगंगा नगरपालिका- ४ सिद्धिपुरमा अवस्थित यस इन्स्टिच्युटलले विधार्थीहरुको सर्वाङ्गीण विकासका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सोही क्रममा विहिबार इन्स्टिच्युटले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका- ३ गंगौलियामा अवस्थित लुम्बिनी भिजन कलेजमा सम्पन्न भएको हो । लुम्बिनी भिजन कलेजको सहयोगमा भएको उक्त प्रतियोगितामा ‘शिक्षाको रुपान्तरणमा युवाको भुमिका’ विषयक राखिएको थियो ।

लुम्बिनी भिजन कलेजका विद्यार्थीहरुले सहभागिता रहेको उक्त प्रतियोगितामा राम आचल बानिया प्रथम हुन सफल भए भने करिश्मा चाई द्धितीय र आकृति विश्वकर्माले तृतीय स्थान हासिल गरेकी छिन् ।

विजेताहरुलाई कार्यक्रमका अध्यक्ष बिग भिजन कम्प्युटर इन्स्टिच्युटका सञ्चालक आशिष चौधरी, प्रमुख अतिथि लुम्बिनी भिजन क्याम्पसका क्याम्पस प्रमुख सुन्दर पाण्डे र विशिष्ट अतिथि क्याम्पसका सिईओ कृष्ण केसीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । बिग भिजन कम्प्युटर ईन्स्टिच्युटले विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि ज्ञान मात्रै नभई अन्य अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरेको संचालक चौधरीले बताए ।

परिक्षा दिएर बसेका तथा पढ्ने विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको ज्ञान, सीप, दक्षता वृद्धिमा ईन्स्टिच्युटले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेको उनले बताए । उनले ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विषयका कक्षाहरू संचालन भईरहेको जानकारी दिए ।

सम्बन्धित् समाचार