गृहपृष्ठ Featured पाकिस्तानलाई भारतले दियो ३५७ रनको लक्ष्य

पाकिस्तानलाई भारतले दियो ३५७ रनको लक्ष्य

विराट कोहली र केएल राहुलको शतकमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो।

भारतका विराट कोहलीले १२२ रन बनाए। कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे। कोहलीलाई साथ दिएका केएल राहुलले १०६ बलमा १२ चौका र दुई छक्कासहित १११ रन बनाए। शुभमन गिल, रोहित शर्माले अर्ध शतक बनाएका थिए।

आइतबार भारतले २४ दशमलव १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो। आइतबार भारतका लागि शुभमन गिल, रोहित शर्माले अर्ध शतक बनाएका थिए। आइतबार स्थगित खेल आज भएको हो।

सम्बन्धित् समाचार