गृहपृष्ठ Featured उत्तरी कोरियाली नेता किम राष्ट्रपति पुटिनलाई भेट्न रुस पुगे

उत्तरी कोरियाली नेता किम राष्ट्रपति पुटिनलाई भेट्न रुस पुगे

काठमाडौ । 

उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न रुसको खासन पुगेका छन्।

आफ्नो बख्तरबन्द रेलबाट किम रुसको खासन पुगेको रुसी सञ्चारमाध्यम तासले जनाएको छ।  रुसी राष्ट्रपति पुटिनसँग भ्लादिभोस्तक सहरमा भेटवार्ता हुने सम्भावना छ। उनीँ खासनबाट ५–६ घण्टाको रेल यात्रामा भ्लादिभोस्तक सहर पुग्नेछन्।

क्रेमलिनले पुटिन र किमबीच छिट्टै भेटवार्ता हुने बताए पनि समय र स्थान भने सार्वजनिक गरेको छैन। किम हिजो अपराह्न प्योङयाङबाट रेलमा रुस प्रस्थान गरेका थिए। किमले आफ्नो विदेश यात्राका लागि बख्तरबन्द रेलको प्रयोग गर्दै आएका छन्।

चार वर्षपछि पहिलो पटक विदेश यात्रामा निस्किएका किमले रुसी राष्ट्रपति पुटिनसँगको भेटमा आफ्नो देशले उत्पादन गरिरहेको ब्यालेस्टिक मिसाइल बिक्रिबारे छलफल गर्ने बताइएको छ।

रुसले युक्रेनमाथिको आक्रमणमा उत्तर कोरियाली मिसाइल प्रयोगमा रुचि देखाएको छ।

सम्बन्धित् समाचार