गृहपृष्ठ Featured बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर मृत्यु

बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर मृत्यु

कालीकोट ।

बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर खोलामा खसेपछि मृत्यु भएको छ ।

नरहरिनाथ–३ कुमालगाउँ भराताकी १३ वर्षीया करिष्मा विष्टको गाउँदेखि तल भेरा खोला भीरको किनाराबाट चिप्लिएर खोलामा खसेपछि बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

शवको पोस्टमार्टमका लागि सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको छ । स्थानीय जनता आधारभूत विद्यालयमा ७ कक्षामा पढ्ने बालिकाको मृत्यु भएपछि विद्यालय बन्द गरिउको शिक्षक सावित्री भट्टराईले बताइन् ।

उनी जोखिममा रहेकी बालिका हुन् । कालीकोटमा भीरबाट लडेर बर्सेनि ३०–४० जनाले ज्यान गुमाउने गरेका छन् ।

सम्बन्धित् समाचार