वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले ढक/तराजु नबिकरण तथा चेक जाँच सम्बन्धि कार्यक्रम गर्दै छ ।
संघको कार्यालय चारनम्बरमा उक्त कार्यक्रम असोज ७ गतेदेखि असोज ९ गतेसम्म ३ दिन चल्ने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा गर्न लागिएको हो ।
ब्यबसायीहरुको माग र आवश्यकतालाई मध्येनजर गरि उक्त कार्यक्रम गर्न लागिएको संघका महासचिव मनोज पौडेलले वैखरीलाई जानकारी दिए । ढक/तराजु नबिकरण तथा चेक जाँच गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न संघ लागिपरेको बताउँदै उनले मौकाको फाईदा उठाउन सम्पुर्ण व्यवसायीलाई अपिल समेत गरेका छन् ।








