गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

कपिलवस्तुका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

कपिलबस्तु ।

नेपालीहरुका मुख्य चाडपर्वहरु नजिकिदै गएपछि कपिलबस्तुमा विभिन्न स्थानमा प्रहरीले यात्रु सहायता कक्षा संचालनमा ल्याएको छ । चाडबाटमा यात्रुहरुको गुनासो सुन्न र यात्रा सहज बनाउने उद्देश्यले कपिलबस्तुको विभिन्न ६ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।

नजिकिँदै गरेको दसैँ–तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरी शनिबारदेखि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बतउनुभयो ।।

‘समस्यामा परेका यात्रु चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्यइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले भन्नुभयो । अहिले कपिलवस्तुका ६ स्थानमा सहायता कक्षा स्थापना भएका छन् ।

कपिलवस्तुमा जिल्ला सदरमुकाम तौलिहवासहित कृष्णनगर, चन्द्रौटा, गाोरुसिँगे, मर्यादपुर र चाकरचौडामा प्रहरीले यात्रु सहायता कक्षा स्थापना गरी सेवा संचलानमा ल्याएको हो ।

स्थापना भएका सहायता कक्षबाट प्रहरीले यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा र्पुयाउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रुसहायता कक्षाले सहयोग पुर्याउने जनाइएको छ ।

सम्बन्धित् समाचार