गृहपृष्ठ Featured बन्दको मौका उठाउदै कपिलवस्तुमा ट्राफिक प्रहरीले जेव्रा क्रसिंग निमार्ण गरे ।।

बन्दको मौका उठाउदै कपिलवस्तुमा ट्राफिक प्रहरीले जेव्रा क्रसिंग निमार्ण गरे ।।

सधै वन्द हुदा वर्दि लगाएर सडकमा उभिने  ट्राफिक प्रहरी यस पटकको वन्दमा वेग्लै देखिन्थे । वन्दको वेला सवारी साधन नचल्ने हुनाले ट्राफिक प्रहरीलाई समय कटाउन गारो हुन्थ्यो । वन्दको वेला कतिवेला सडक कति वेला शितल छहारी खोज्ने कपिलवस्तुको ट्राफिक प्रहरीले यस पटकको वन्दमा गजवको काम गरेका छन ।
विप्लव माओवादीको आयोजनामा गरीएको वन्दको दिन ठुला सवारी साधन खासै चलेनन् । तर कपिलवस्तु ट्राफिक प्रहरीको हात भने चलेका छन । ट्राफिक प्रहरीले मंगलवारे वन्दको दिन हातमा पेन्ट र व्रस लिएर उत्रेका हुन । उनिहरुको श्रमवाट वुद्धभुमीका ५ स्थानमा जेव्रा क्रसिंग निमार्ण गरेको छ । वुद्धभुमी नगरपालिकाको गोरुसिंगे वजारमा २, बुड्ढी चोक, ईमिलीया वजार र चौवन्न चोक  १—१ स्थानमा जेव्रा क्रसिंग निमार्ण भएको छ । नागरीकको वढी आगमन भईरहने क्याम्पस, हाटवजार क्षेत्र चोकमा हाल जेव्रा क्रसिंग निमार्ण गरीएको छ । जेव्रा क्रसिंगका कारण दुर्घटनामा कमि आउने जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख वावुराजा पन्तले वताउनु भयो ।
वन्दको दिन सवारी साधन पनी नचल्ने भएको हुदा जेव्रा क्रसिंग वनाउने उपयोगी समय सदुपयोग गरेको वताउछन । निमार्ण कार्यमा खटिएका प्रहरी सहायक निरीक्षक निरज गौतमको अनुसार विगत लामो समय देखी यहा जेव्रा क्रसिग वनेको थिएन । पुराना निमार्ण भएका स्थानमा पनी जेव्रा क्रसिंगको पेन्ट उडेको थियो । वन्दका समयमा सवारी साधन नचल्ने भएकोले मौकाको सदुपयोग भएको गौतमले वताउनु भयो । जेव्रा क्रसिंग निमार्णका लागी  वुद्धभुमी नगरपालिकाको पलास्तिक पेन्ट को सहयोग गरेको थियो ।

सम्बन्धित् समाचार