गृहपृष्ठ Featured एसियाली पारा खेलकुद : भाग लिन पारा नेपाली टोलीको बिदाइ

एसियाली पारा खेलकुद : भाग लिन पारा नेपाली टोलीको बिदाइ

काठमाडौँ ।

चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबिच बिदाइ गरियो ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टङ्कलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरे ।

अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाँदै छिन् ।

सम्बन्धित् समाचार