गृहपृष्ठ Featured रुपन्देहीको छपिया : ‘माछा गाउँ’ पर्यटकीय गन्तव्य बन्दै

रुपन्देहीको छपिया : ‘माछा गाउँ’ पर्यटकीय गन्तव्य बन्दै

बुटवल । 

रुपन्देहीको छपिया पछिल्लो समय ‘माछा गाउँ’ का रुपमा परिचित छ । जिल्लाको सियारी गाउँपालिका-४ र ५ पर्ने छपियामा माछा उत्पादनको परिचय बनाएसँगै माछासँगै जोडिएर पर्यटकीय गन्तव्य विकास भएको छ

बुटवलको पश्चिम तामनगर,तिलोत्तमा र भैरहवाबाट वाट छपिया पुग्नको लागि १५ देखी २० किलोमिटर दुरी रहेको यो गाउँपालिका माछा पालन, माछाको परिकार विक्री,आकर्षण रेष्टुष्ट निमार्ण भएपछि नेपाल मात्रै होइन भारतीयहरूको समेत आगमन वृद्धि भएको छ ।

भारतीय सीमाबाट नजिकै भएकाले छपियामा नेपालीसँगै भारतीय पर्यटक पनि आउने गरेका हुन्।उनीहरूले ताजा,स्वादिलो माछा खानेसँगै यहाँको मनोरम दृश्य हेर्न आउने गरेको सियारी ४ का स्थानीय युवाउमेश थारु बताउँछन्।

ग्राहकहरू माछा किन्न र खानपनि आउने भएपछि यहाँ माछा पोखरीको डिलमा रिर्सोट खुल्ने क्रम बढेको छ ।

माछाका परिकार खानपिनसँगै आवासीय सुविधा प्रदान गर्न यस्ता रिर्सोट सञ्चालन गरिएकाछन्।छपियामाअहिले आकर्ष रिर्सोट र रेस्टुरेन्टका लागि परिचित हुन थालेको स्थानीय आत्माराम चौधरीले बताए ।

सम्बन्धित् समाचार