गृहपृष्ठ Featured बंगलादेशमा दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

बंगलादेशमा दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

बंगलादेशमा सोमबार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

बंगलादेशको किशोरगन्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।

“भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ,” सरकारले भने ।

उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कैयौँ डिब्बा पल्टँदा करिब १०० जना घाइते भएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरे ।

सम्बन्धित् समाचार