वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ का वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीले आफ्नो जन्मोत्सव बालगृहमा मनाएका छन् ।
वडाध्यक्ष थापाले शुक्रबार जन्मोत्सवका अवसरमा तौहिहवास्थित कपिलवस्तु बाल गृहलाई चामल, दाल, बिस्कुट, चाउचाउ, नुन, तेल, जीरा लगायत खाद्यान्न सामाग्री हस्तान्तर गरेका छन् । बाल गृहमा रहेका बालबालिकालाई आवश्यक खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री हस्तान्तर गरेको उनले बताए ।

जन्मदिनमा अनावश्यक रुपमा पार्टी गरेर खर्च गर्ने पैसाले कसैको जीवनमा नयाँ उमङ्ग छाउन सक्ने उनले बताए ।
पश्चिमा संस्कृतिको बढ्दो प्रभावलाई कम गर्न सबैको ध्यान जानुपर्ने उनको भनाई छ । आफुले गरेको सामाजिक कामले समाजमा सकारात्मक सन्देश जाने उनले विश्वास समेत व्यक्त गरे ।
वडाध्यक्ष थापा परिवारका सदस्यसहित बालगृहमा सहयोगका लागी पुगेका थिए ।








