कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा ट्रक र मोटर साइकल ठक्कर खादा एक जनाको ज्यान गएको छ । गोरुसिगें जगंलमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व आउदै गरेको ना ५ ख ७७१० नः को ट्रक र बा ७९ प ४२०२ नः मोटरसाइकल एक आपसमा ठक्क खादा दुर्घटनामा परि एक जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा पछि बसेका काठमाण्डौका पेम्बा शेर्पाको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।








