काठमाडौं ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् ।
भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।








