वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
शनिबार बसेको आकस्मिक बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।
उक्त रकम नगर विपद् कोषबाट निकासा गरी दिइने छ ।
साथै नगर प्रमुख चक्रपाणी अर्यालले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय, भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकोप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।








