गृहपृष्ठ Featured भूकम्प प्रभावितलाई कपिलवस्तु नगरपालिकाले ५ लाख दिने

भूकम्प प्रभावितलाई कपिलवस्तु नगरपालिकाले ५ लाख दिने

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

बैठकले भुकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरेको मेयर सुदीप पौडेलले वैखरीलाई बताए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि सम्पुर्णमा अपील समेत गरेका छन् ।

सम्बन्धित् समाचार