कपिलवस्तु ।
कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ट घोषित भएको छ ।
प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश मै उत्कृष्ट घोषित भएको हो ।
गत आर्थिक बर्ष २०७९/०८० मा संंपन्न गरेको कार्य र उपलबधीका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै पहिलो भएको केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले बताए ।
कपिलवस्तु लगातार तेश्रो पटह उत्कृष्ठ बन्दै उत्कृष्ठतामा हेयाट्रिक गरेको हो । केन्द्रमा २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका थिए ।
उता कपिलवसतु अस्पताल भने प्रदेशमा दोश्रो स्थान हासिल गरेको छ ।








