कपिलवस्तु ।
कपिलवस्तुमा ९ लाख भन्दा बढिको पटका बरामद गरी नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी युनिटहरुले बरामद गरेको करिब ९ लाख २५ हजार ५ सय ७ रुपैँया बराबरका पटका नष्ट गरिएको हो ।
अवैध रुपमा भारतबाट नेपाल भित्र्याईका विभिन्न किसिमका विष्फोटक पदार्थ जन्य पटका सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि तथा स्थानिय प्रशासनका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।








