सागर वि.क., वैखरी अनलाईन ।
यही मंसिर २१ देखि पुष १ गतेसम्म हुने १४औं कपिलवस्तु महोत्सवको तयारी धमाधम भईरहेको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा बाणगंगा नगरपालिका- ४ बुद्धरंगशालामा हुने उक्त महोत्सव स्थललाई आकर्षक बनाउन धमाधम कामहरु भईरहेका छन् ।
महोत्सवका संयोजक समेत रहेका बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवको तयारीलाई समयमै सम्पन्न गर्न अहिले दैनिक दर्जनौ कामदारहरु खटिरहेका बताए । उनले हाल ब्राउन्ड्री निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै स्टल निर्माणको काम पनि तीब्र गतिमा अघि बढेको बताए ।
उनले महोत्सव उद्घाटनको दिन भन्दा ५ दिन अघि नै सक्ने गरि तयारीका कामहरु सुरु भएको बताए । महोत्सवका निर्देशक समेत रहेका बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहाले विभिन्न आवश्यक समितिहरु गठन गरि कामहरु तीब्र गतिमा अघि बढेको बताए ।
महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने उनको भनाई छ । यस पटकको महोत्सव हालसम्मका महोत्सव भन्दा फरक र पृथक गराउने योजनासहित काम भएको उनले दाबी गरे ।








