गृहपृष्ठ Featured बुद्धभूमि डान्स आइडलको अडिसन १२ गतेबाट, प्रथमलाई ३० हजार

बुद्धभूमि डान्स आइडलको अडिसन १२ गतेबाट, प्रथमलाई ३० हजार

वैखरी अनलाइन, बाणगंगा ।
मङ्सिर १४ गते देखि २४  गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ ।
  होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको महोत्सवको सोमबार सम्म करिब ५० प्रतिशत काम भएको महोत्सव संयोजक तथा होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष लेखनाथ घर्तीले बताउनु भएको छ ।
“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नारा सहित सञ्चालन गर्न लागिएको महोत्सवले यस क्षेत्रको व्यापार व्यवसाय, पर्यटन र कृषिको प्रवर्द्धनमा सहयोग पुग्नेमा  विश्वात् रहेको सङ्घका महासचिव पदम बहादुर ढकालले बताउनुभयो ।
यसैबिच दोस्रो बुद्धभूमि महोत्सवको दोस्रो बुद्धभूमि डान्स आइडल अन्तर्गतको अडिसन २ गते मङ्गलवारबाट हुने भएको छ।  सङ्घका कोषाध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार १२ गते मङ्गलवार १० बजे सम्म डान्स आइडलकाको फारम उपलब्ध हुने बताउनुभयो। फारमका लागि  संघकोप कार्यालय बडहरामा सम्पर्क गर्न सकिने बताउनुभयो।
महोत्सवको विशेष प्रस्तुतिको रूपमा रहने बुद्धभूमि डान्स आइडलमा जति सक्दो चाँडो सम्पर्कका कोषाध्यक्ष लागि न्यौपानेले आग्रह गर्नुभएको छ ।
महोत्सवमा ज्येष्ठ नागरिकका लागि नि शुल्क पासको व्यवस्था गरिएको सङ्घका सचिव धुर्व भुसालले बताउनुभयो। मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरू, राजनीतिक दल, सङ्घसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा सङ्घले विश्वास लिएको आयोजकले बताए।

सम्बन्धित् समाचार